May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा गर्नू: बिमा समिति

कार्तिक १८ । बिमा समितिले बिमा कम्पनीहरुलाई कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन दिएको छ । अर्थमन्त्रालयले समितिलाई कोरोना बिमाको दाबी भुक्तानी नरोक्न निर्देशन दिएपछि बिमा समितिले पनि कारोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन दिएको जनाइएको छ ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, “अर्थ मन्त्रालयबाट अएको पत्र अनुसार हामीले बिमा कम्पनीहरुलाई कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न भनेका छौं, कोरोना बिमा मापदण्डमा भएको व्यवस्था अनुसार प्रक्रिया पुरा गर्नेले ७ दिनमा नै दाबी भुक्तानी पाउने छन् ।”
कोरोना बिमा मापदण्डमा ७ दिनमा नै दाबी भुक्तानी गर्ने उल्लेख भएपनि बिमा कम्पनी र बिमा समितिको आलटालले गर्दा बिमितले समयमा दाबी भुक्तानी पाउने सकेका थिएनन् । अब यस निर्देशनका कारण समयमै भुक्तानी पाउने आशा गरिएको छ ।

Advertisement