May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

अब बिना शुल्क भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउन मिल्ने

असोज १६ । अब बिनाकुनै अतिरिक्त शुल्क माछापुच्छ्रे बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबाट नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।

नजिकिंदो दसैंंलाई लक्षित गरि करिब २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्ने छन् ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १६०शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवालगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिने बताइएको छ ।

Advertisement