May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

मकाफी एन्टी भाइरस बेचेर अरबौं डलर कमाउने जोनद्वारा आत्महत्या

मकाफी एक कम्प्युटर र ल्यापटपमा प्रयोग गरिने एन्टीभाइरस हो । एन्टी भाइरस माकाफीका निर्माता सफ्टवेयर कम्पनीका मालिक जोन म्याकाफी हुन् । उनले एन्टीभाइरस निर्माण गरेर अरबौं डलर आर्जन गरे । तर, अमेरिकामा कर छलीको अभियोगमा उनीमाथि कारबाही बढाइयो । स्पेनमा पक्राऊ परे ।

Advertisement

स्पेन सरकारले अमेरिकालाई सुपुर्दुगी गर्ने भयो । स्पेनको अदालतले सुपुर्दुगीमा सहमति दिएपछि माकाफीले जेलमै आत्महत्या गरे । उनलाई बचाउन कोशिश भएपनि सफल भए ।

७५ वर्षीय माकाफी पहिलो व्यवसायिक एन्टी भाइरस सफ्टवेयर निर्माता हुन् । उनले अरबौं डलर आर्जन समेत गरे ।

अक्टोबर २०२० मा जोन माकाफी स्पेनमा पक्राउ परेका थिए । कर छलीको अभियोगपछि टर्की जान लागेका उनलाई स्पेनमा पक्राउ गरिएको थियो । -एजेन्सी