May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । भने ५ हजार ५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४८३ जना उपचारपछि निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको मन्त्रालयले जनाएको छ।