May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

देशमा आजको मौसम

पौष २३ । पश्चिमी वायुको प्रभाव मुलुकभर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको केहि पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी गराएको छ ।

Advertisement