May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

सुनसरी इन्चार्ज धर्मराज निरौलाले छाडे एमाले, एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौँ, सुनसरीका एमाले नेता धर्मराज निरौलाले पार्टी पारीत्याग गरेका छन्। एमालेका पूर्वकेन्द्रीय सदस्य समेत रहेका निरौला नेकपा एकीकृत समाजवादी भएका हुन। निरौला सुनसरी नेकपा एमालेका इन्चार्ज थिए।

Advertisement

चितवन महाधिवेशनबाट केन्द्रीय कमिटीमा पर्न असफल भएपछि उनी असन्तुष्ट थिए। सुनसरीकै अर्का नेता भीम आचार्यका विश्वासपात्र निरौला आइतबार एकीकृत समाजवादीमा प्रवेश गर्ने स्रोतको भनाइ छ। यसबारे उनले केही बताउन चाहेनन्।

‘आइतबार इटहरीमा एक कार्यक्रममा उहाँलाई माधव नेपालले पार्टीमा स्वागत गर्ने कार्यक्रम छ,’ एकीकृत समाजवादी स्रोतले भन्यो। माधव पक्षीय भनेर चिनिएका निरौला १० बुँदे सहमतिका बेला एमालेमै रहेका थिए। उनीसहित सुनसरीको एउटा टिम नै नेकपा एकीकृत समाजवादीमा प्रवेशको तयारी भएको स्रोतको दाबी छ।