May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

प्रदेश १ : विश्वासको मत धकेलेर धमाधम नियुक्ती- ‘गुण्डा नाइके’ खेलकुद विकास बोर्डको सदस्य सचिव

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति बाँड्न थालेका छन । आईतवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण राजनीतिक नियुक्ती गरेका हुन् ।

Advertisement

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएको हो । प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति गरिएको हो । मन्त्रिपरिषद बैठकले प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्य सचिवमा ‘गुण्डा नाइके’ कृष्ण बस्नेत (पर्शुराम)लाई नियुक्त गरेको हो । एमालेको संरक्षणमा लामो समय गुण्डागर्दी गरेका बस्नेत ‘डन’ भनेर परिचित छन् । प्रहरीले भने डनको सट्टा ‘गुण्डा नाइके’ भन्ने गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएका बस्नेत केही वर्षयता राजनीतिक गतिविधिमा सक्रिय छन् । यस्तै प्रदेश सरकारले फणिन्द्र अधिकारी, देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थापा र इन्दिरा श्रेष्ठलाई पर्यटन बोर्डमा नियुक्त गरेको हो ।

त्यस्तै प्रदेश खेलकुद विकास बोर्डमा पाँचथरका बाबा मेयाङ्वो उपाध्यक्ष बनेका छन् । भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारी सदस्यमा नियुक्त भएका छन् । सदस्य सचिवमा कृष्ण बस्नेत, (परशुराम) चयन भएका छन् ।

प्रदेश श्रम सल्लाहकार समितिको उपाध्यक्षमा राजीव घिमिरे रहेका छन् । भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रज्जु सिग्देल,किशोर धमला,अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टीका प्रसाईँ र निलम साह सुनार सदस्यमा नियुक्त भएका छन् ।