May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक– प्रदेश पर्यटन बोर्ड गठन

प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ ।

Advertisement

यसैगरी सदस्यमा अर्थमन्त्रालयका अधिकृत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रनिनिधि, पर्यटन शाखाका प्रमुख, उद्योग, पर्यटन क्षेत्रका फणीन्द्र अधिकारी (विराटनगर), देवी गौतम सुनसरी, भीमराज राई -सोलु, उमेश घिमिरे  -धनकुटा , प्रेरणा थापा -इटहरी र इन्दिरा श्रेष्ठ -विर्तामोर्ड  लाई नियुक्त गर्ने निर्णय गरेको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लछुमन तिवारीले जानकारी दिनुभयो ।

यस्तै बैठकले खुपु खोला जलविद्युत् आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमतिअनुसार लगानी गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बाबा मेयाङ्वो- पाँचथर, सदस्य सचिवमा कृष्ण बस्नेत( पर्शुराम )विराटनगर र सदस्यमा भेषराज कार्की -सुनसरी, विल्भष घोष ९सुनसरी, थलु राजभण्डारी -ओखलढुङ्गा लाई नियुक्त गरेको छ ।

यसैगरी प्रदेश श्रम सल्लाहकारको उपाध्यक्षमा राजीव घिमिरे-झापा, सदस्यमा घिम घिमिरे -विराटनगर, सरोज श्रेष्ठ -धरान, सीमा उपाध्याय -मोरङ, रञ्जु सिग्देल- इटहरी, किशोर धमला -विराटनगर, अरुण थापा -विराटनगर, नारायणबाबु कार्की -मोरङ, सुनिता घिमिरे -मोरङ, टीका प्रसाई -सुनसरी, निलम साह सोनारलाई -मोरङ नियुक्त गरेको मन्त्री तिवारीले जानकारी दिनुभयो ।