May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

एमालेको दसौँ महाधिवेशन चितवनमा – यस्तो छ मूल व्यवस्थापन समिति (सूचीसहित)

नेकपा एमालेले आगामी मंसिरमा बुटवलमा गर्ने तय भएको दसौँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन भएको छ ।

Advertisement

महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो ।

अब एमालेले दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा अधिकांश चितवनकै नेताहरु समेटिएका छन् ।

समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल रहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक-एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको हो ।