May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

राज्यमन्त्री र प्रदेश सांसद द्वारा नेकपा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार

काठमाडौं, ८ पुस ।प्रदेश १ सरकारको समाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र प्रदेश सांसद गोपाल बुढाथोकीले नेकपा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् केपी शर्मा ओलीले आफुलाई जानकारी नै नदिई नाम राखेको भन्दै उनीहरुले पद आफुहरुलाई स्वीकार्य नभएको बताएका हुन् ।

Advertisement

राज्यमन्त्री गजमेरले बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै भनेकी छन ,‘विश्वास र भरोसासाथ अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिन ।’

यसैगरि मंगलबार साँझ फेसबुकमै स्टाटस लेख्दै ओलीको गृहनगर झापा मेची नगरका प्रदेश सांसद गोपाल बुढाथोकीले आफुलाई विभाजित कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य मञ्जुर नभएको बताएका छन् ।

उनले स्टाटसमा लेखेका छन्, ‘कम्युनिस्ट आन्दोलन फुट विभाजनको तीतो इतिहासबाट पनि हाम्रा नेताहरुले शिक्षा लिएनन् । जनतालाई धरधरी रुवाएर परिवारभन्दा पनि बढी माया गरेको पार्टी विभाजन गराए हामी यो बेला दुःख ब्यत्त गर्न रमिते हुनबाहेक के पो गर्न सक्नेरहेछौँ र ? मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य पद मन्जुर छैन ।’