May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

एमाले अध्यक्ष ओलीले मैतिदेवी पुगेर भेटे भद्रा घले

काठमाडौ । केही दिन अघि सामाजिक सञ्जालमा एक वृद्ध भाइरल भईन । उनी थिईन् भद्र कुमारी घले । उनले राजा महेन्द्र पछि देशमा दुरदर्शी नेता र विकासप्रेमी नेता खोज्ने हो भने केपी ओली मात्रै देखिने बताएकी थिईन् । उनले देशमा समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न सक्ने नेता केपी ओली मात्रै रहेको एक भिडियोमा बताएकी थिईन् ।

Advertisement

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित भएर अध्यक्षमा केपी ओली आईसकेपछि उनी खुशी हुँदै बधाई दिएकी थिईन् । समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्न फेरिपनि केपी ओली नेतृत्वको नेकपा एमालेलाई दुई तिहाई बहुमत दिन घलेले सबैमा आग्रह गरेकी थिईन् ।

उनको उक्त भिडियो सञ्देश सामाजिक सञ्जालमा भाइरल भएपछि उनको ठेगाना खोज्दै पूर्व प्रधानमन्त्री एंव एमाले अध्यक्ष ओली उनकै निवास पुगेर उनीसँग भेट गरेका हुन् । भेटमा घलेले जनताको नेता केपी ओली मात्रै देखेको भन्दै शुभकामना व्यक्त गरिन् ।

अबको चुनावमा दुई तिहाई मत ल्याएर फेरिपनि एमाले देशको पहिलो शक्ति भएर सरकारको नेतृत्व गरेर जनताको सुखदुखमा साथ दिन सुझाएकी थिईन् । नेपालमा रेल कुढाउने, पानी जहाज चलाउने र समृद्ध मुलुक बनाउने सपना ओलीले मात्रै देखेको भन्दै घलेले त्यो पुरा गर्न र गराउन पनि एमालेलाई दुई तिहाई मत दिनुपर्ने बताएकी छिन् ।

नेता ओलीले आफु प्रति नेपाली जनताको आशा र भरोसा रहेको भन्दै धन्यवाद व्यक्त गरे । जनताको चाहना अनुसार नेकपा एमाले फेरिपनि जनताको अभिमतबाट दुईतिहाई मत सहित सरकारको नेतृत्वमा आउने र समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्ने बताए ।

झण्डै १ घण्टा अध्यक्ष ओलीले मैतीदेवीस्थित घलेकी घरमा बिताएका थिए । घलले उनलाई राजनीतिको इतिहासदेखि अहिलेसम्मको सविस्तार सुनाएकी थिईन् । ओलीसँगै उनीकी पत्नी राधिका शाक्य पनि घलेलाई भेट्न उनको निवास पुगेकी थिईन्

मनोज भेट्वालको सम्योजकत्वमा बिश्वमणि घिमिरे र सास अधिकारीले भेटघाटकालागी सहजिकरण गर्नु भएको थियो ।