May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

केपी ओलीलाई धुलो चटाउँछौँ – माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुलो चटाएर छाड्ने बताउनुभएको छ ।

हेटौंडामा शनिबार नेकपा एकीकृत समाजवादीको भेलालाई सम्बोधनका क्रममा उहांले अब ओलीलाई आफूहरुले धक्का दिंदै जाने बताउनुभएको हो । अध्यक्ष नेपालले कर्णाली र सुदूरपश्चिममा ओलीले ठूलो धक्का भोगिसकेको भन्दै अब बागमती प्रदेश र प्रदेश १ मा पनि केपी ओलीले केही दिनमै धुलो चाट्ने बताउनुभयो । अध्यक्ष नेपालले बागमती र प्रदेश १ का सरकार ढालेर आफ्नो पार्टीका नेतालाई मुख्यमन्त्री बनाउने संकेत गर्दै यस्तो भन्नुभएको हो ।

अध्यक्ष नेपालले आफूहरुले लामो यात्रा पार गरेर अरु भन्दा फरक हुन नै नयां पार्टी बनाएको दावी गर्नुभयो । उहांले नेकपामा पुष्पलाल जस्ता नेता जन्मिंदा केशरजंग रायमाझीहरु पनि जन्मिएको र कम्युनिष्ट पार्टीलाई दरबारमा सुम्पिएको पनि बताउनुभयो । त्यसपछि पुष्पलालले विद्रोह गरेको उनले स्मरण गराउंदै नेता नेपालले आफूहरुको पार्टी दिनदिनै बलियो हुदै गएको दावी गर्नुभयो ।

Advertisement