May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

केपी ओलीको एमाले पार्टी नेपालवाट छिट्टै विलय भएर जान्छ- मेटमणि चौधरी

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन् । उनले कम्युनिस्ट पार्टीको नाम बेचेर झापाबाट पटक–पटक निर्वाचन जित्ने ओलीले अबको निर्वाचनमा झापाबाटै चुनाब जितेर देखाउन चुनौती दिए ।

Advertisement

ओली पार्टी र प्रवृत्तिका विरुद्ध नेकपा (एस) स्थापना भएकाले देशभर नेकपा एमाले हराउने चौधरीले बताए । नेकपा (एस) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता चौधरीले ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन र पार्टी समाप्त हुने स्थिति आएकाले नयाँ पार्टी स्थापना गर्नुको विकल्प नभएको बताए ।

प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले केपी ओली पार्टीले आगामी निर्वाचनमा जनतासँग मत माग्ने नैतिकता समेत गुमाएको आरोप लगाए । अब केपी ओलीले नेतृत्व गरेको पार्टी चुनावमा हामीलाई विजयी बनाएर पठाउनुस् हामी पटक–पटक संसद विघटन गरेर देखाउँछौ भन्दै भोट माग्छन त, उनले भने ‘त्यसकारण केपी ओलीको पार्टी नेपालवाट छिट्टै विलय भएर जान्छ ।’

केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरेले आफूहरूलाई एमालेको माया भए पनि केपी प्रवृत्तिले नयाँ विकल्पको सिर्जना गरेको बताइन् । जीवनको राजनीतिक ऊर्जा एमालेमै सकिए पनि ओलीवादले देशको लोकतन्त्र र संविधानसँगै पार्टी समाप्त पारेपछि नेकपा (एस) स्थापना गरिएको गैरेको भनाइ थियो ।