May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

गगनलाई ओलीको जवाफः बाबु, भ्याकुम लगाएर एमाले सिध्याउने सपना नदेख

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताएका छन् ।

Advertisement

बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न बताएका हुन ।

केही दिन अघि थापाले भक्तपुरमा भाषण गर्दै एमालेलाई चुनावमा भक्तपुरबाट क्लीन स्वीप गर्ने बताएका थिए । कतै कुनाकाप्ची बाँकी रहेमा ‘भ्याकुम’ लगाएर बढार्नेसमेत उनको दावी गरेका थिय ।

अध्यक्ष ओलीले काँग्रेस कहाँ पुग्यो भन्ने कुराको विचार गर्न भन्दै उनले भने, ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुर तिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै कांग्रेस कहाँ गयो, भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरुका, म त्यसमा अरु केही भन्न चाहन्न ।’