May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

मच्छरले सिङ्गै हात्ती खाएको सपना देख्नु र नेपालले टर्चबालेर खोज्नु पर्छ भन्नू उस्तै हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले एमालेलाई टर्चबालेर खोज्नु पर्छ भन्नू मच्छरले निदाएको बेला सिङ्गै हात्ती खाएको सपना देख्नु उस्तै भएको बतायका छन । केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन।

Advertisement

केही मानिस बाहिरिँदैमा नआत्तिन अनुरोध गर्दै ओलिले भने ।’हामीले विगतको समीक्षा गरेका छौं । सिक्ने मुख्यत: उपलब्धी र असफलताबाट हो । सफलतापूर्वक अगाडि बढेका छौं । अलिकिति धक्का खायौं, सेटब्याक खायौं भन्दैमा निराश हुनुहुँदैंन, उनले अगाडि भने ‘संविधान बनाएपछि सरकारबाट हटाइयौं । खासै फरक परेन । सम्हालिएर अघि बढ्यौं । बलियो भएर सरकारमा आयौं । फेरि पनि हामी सम्हालिएर अघि बढ्छौं ।’

आफूहरुको गन्तव्य समाजवाद भएको बताउदै ओलिले भने- ‘हामीले स्पष्ट गन्तव्य तोकेका छौं । अहिले समाजवाद उन्मुख बाटो भनेका छौं । नबुझिने खालको होइन, बुझिने खालका बहस, गन्तव्यमा छौं,’ उन्ले भने ‘हामीले भनेको समाजवाद समृद्ध नेपाल सुखी नेपाली हो । समाजिक समानतासहितको समृद्ध नेपाल हो । जनताको जीवनस्तरमा आएको परिवर्तनसहित समृद्ध नेपाल हो ।’

कागजी र तथ्यांकको समृद्धि एमालेको लक्ष्य नभएको बताउदै उनले भने ‘हाम्रो एटिट्युट पुँजीपति एटिट्युट होइन । जीडीपी, प्रतिव्यक्ति आय बढ्यो भनेर समृद्धि हासिल गर्ने तर मानवीय आसु पीडा बाँकी नै हुन्छ । हामी सानो पनि पीडा हुनुहुँदैन भनेर अघि बढ्छौं,’ उनले भने, ‘समाजको कोही वर्ग पछाडि नपरोस् । हरेकले वितरण, उपलब्धी, राष्ट्रिय मतमा आफ्नो हिस्सा हुन सकोस् भनेर सुझावहरु आएका छन् । म स्वागत गर्छु ।’