May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

ओलीसग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हो – माधव नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुदासम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताउनुभएको छ । आफू निकटको केन्द्रीय समिति बैठकलाई बिहीबार सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पार्नुभयो । बरिष्ठ नेता नेपालले आफू एकताकै पक्षमा रहेको बताउदै सम्मानजनक हैसियतबिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार आफू बन्नुपर्ने धारणा अघि सार्नुभयो ।

Advertisement

त्यसकारण पनि सोचविचार गरेर नै एकता गर्ने पक्षमा रहेको उहाको भनाइ छ । नेपालले अध्यक्ष केपी ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको जिकिर गर्नुभयो । एकता कसरी गर्ने भन्नेबारे कार्यदलमा रहेका नेताहरुले होमवर्क गरिरहेको भन्दै नेपालले ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको बताउनुभयो ।

महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्नेगरी मात्रै एकता हुने नेपालको भनाइ थियो । यसअघि आजै बसेको नेपाल समूहको स्थायी समिति बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको थियो । संसद् पुर्नस्थापना र शेरबहादुर देउवाको नेतृत्वमा नया सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

बैठकमा राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझने बताइएको छ । यद्यपि स्थायी समितिको निर्णयपछि केन्द्रीय कमिटीमा देउवा सरकारमा जाने,नजानेबारेको एजेण्डा नराखिएको बताइएको छ । स्थायी समिति बैठकमा माधव पक्षका नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने अनुपस्थित हुनुहुन्थ्यो ।