May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

ओलीलाई महाराजाधिराज भनेकोमा प्रचण्डले दिए नेपाललाई धन्यवाद : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस आज कम्युनिस्ट पार्टीहरुले विशेष कार्यक्रम गरी मनाउँदैछन् ।

Advertisement

नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा बिहान श्रद्धाञ्जली कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन दिएँ ।

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने नेताहरुमध्ये कर्माचार्य पनि एक हुनुहुन्थ्यो । विसं १९८१ कात्तिक १४ गते ललितपुरमा जन्मेका कर्माचार्यको ८९ वर्षको उमेरमा २०७० साउन ९ गते निधन भएको थियो ।

स्मृति दिवसका अवसरमा बोल्दै उनले ओली प्रतिगमनको नाइके भएको र आफूलाई राजा महाराजा ठान्ने अवस्थामा पुगेको बताए ।

ओलीले माधव नेपाल सहितलाई आम माफी घोषणा गरेकोमा नेता नेपालले निकै राम्रोसँग व्यङ्ग्य गरेको भन्दै धन्यवाद दिए । उनले भने–‘माधवजीले हिजो महाराजाधिराजले हामीलाई आम माफी दिइबक्सेछ अब हामी खुसीले नाच्ने हो कि भनेर कस्तो मिठोसँग व्यङ्ग्य गर्नुभएछ । उहाँले सटिक व्यङ्ग्य गर्नुभयो, मैले उहाँलाई धन्यवाद समेत दिएँ ।’

गत साउन ३ गते प्रतिनिधि सभामा शेरबहादुर देउवालाई नेता नेपालसँगै एमालेका २२ सांसदले विश्वासको मत दिएपछि ओली पक्षले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नदिँदै ओलीले आममाफीको घोषणा गरेका थिए ।

प्रचण्डले आज बिहान मात्रै माधव नेपालसँग भेटवार्ता गरेको बताउँदै ५ दलीय गठबन्धन आजका दिनसम्म कायमै रहेको जानकारी गराए ।