May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

काठमाडौं । संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपाको (प्रचण्ड–माधव) पक्षले शुक्रबार देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउँदैछ ।

Advertisement

उक्त आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो । काठमाडौका प्रमुख जिल्लाअधिकारीलाई विरोधपत्र बुझाउनुअघि बबरमहलमा नेकपाका नेता कार्यकर्ता भेला भएर जुलुससहित काठमाडौँ जिल्ला प्रशासन कार्यलय जाने बतायिएको छ।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार जिल्ला प्रशासन कार्यालयबाट बुझाइने विरोधपत्रका साथमा पुस्तक पनि हुने छ र राष्ट्रका नाममा क्षमा मागि गलत काम सच्याउन अनुरोध गरिने छ।

प्रतिनिधीसभाविघटनको विरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रचण्ड-माधवपक्षमा रहेका अनेरास्ववियूले पनि शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।