May 1, 2024, Wednesday
१९ बैशाख २०८१, बुधबार

प्रचण्डसँगको सम्झौताले मेरो ब्रिफकेश भरिएको छ, चुनावको तयारी गरे केही सिट जोगिएला: केपी ओली

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन ।

Advertisement

आज ओली निकट नेकपाले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन उनले प्रचण्डसँग कति सम्झौता गर्ने भन्दै प्रश्न समेत् गरेका छन। उनले भने प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ ।

कति सम्झौता गर्नु ? पार्टी एकता गर्दाको आधा(आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भए पनि पछि प्रचण्डले नै पार्टीको कार्यकारी अध्यक्ष मागेर आफूलाई ५ वर्ष सरकार चलाउन भनेर सम्झौता गरेको समेत ओलीले बताए। उनले भने– आज एउटा सम्झौता गरेर पठायो, भोलि फेरि अर्को माग लिएर आउने । प्रधानमन्त्री तपाई नै हुनुस् जनताले तपाईलाई नै चाहेका छन् भनेर आउनुभो ।

मलाई कार्यकारी अध्यक्ष दिनुस् भनेपछि दिएँ । भोलिपल्ट त मैले गल्ति पनि गरेँ कि कमरेड भन्दै आउनुभो । उक्त कार्यक्रम मा ओलीले बरू सडक आन्दोलन छाडेर चुनावी तयारीमा लागे प्रचण्ड-माधवको केही सिट सुरक्षित हुने उनले बताए । ‘केही सिट जित्न चुनावको तयारीमा लाग्नुस्, चिसोमा सडकमा नबस्नुस्,’ उनले भने । माधव नेपाललाई उनले प्रचण्डको मामुली कार्यकर्ता भएको टिप्पणी गरे ।

प्रचण्डलाई धुँदा धुँदा डोभ साबुनका डल्ला र स्याम्पू सकिएको भन्दै ट्यांकीका ट्यांकी पानीले धुँदा पनि प्रचण्डलाई सफा गर्न नसकेको टिप्पणी गरे । ओलीले प्रचण्ड र माधव नेपाल मिल्दा बहुमत हुन्छ भन्ने जान्दा जान्दै आफूले पार्टी एकता गरेको बताए ।