April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

वातावरणमा न्यून सुधार देखियो, प्रदूषणको जोखिम भने कायमै

पौष २४ । काठमाडौँ एवम् नेपालका विभिन्न सहरको वातावरण केही सुधार भए पनि वायु प्रदूषणले बिग्रिएको अझै जोखिमयुक्त रहेको छ । सोमबार र मङ्गलबारको तुलनामा बिहीबार केही सुधार भए पनि अझै मानव स्वास्थ्यका लागि उपयुक्त हुने गरी वायुको गुणस्तर सुधार भई नसकेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउँदै थप सतर्कता अपनाउनु पर्ने सुझाएका छन् ।

हाल वायुको अवस्था ‘अति हानिकारक’ बाट ‘अस्वस्थकर’ सूचाङ्क भनी विभागको वायु प्रदूषण मापन यन्त्रले देखाइरहेको छ । पीएम २.५ को आधारमा विभागले गरिरहेको विश्लेषणअनुसार काठमाडौँको वायुको सूचाङ्क बुधबार २२८.९२५ माइक्रोग्राम प्रतिघनमिटर प्रदूषण कायम रहेको छ । पीएम २.५ माइक्रोन भन्नाले वायुमा रहेको सबैभन्दा सूक्ष्म कण हो । कपालको रौँभन्दा २५ गुना सानो कण जुन हावाको माध्यमबाट सजिलै मानिसको फोक्सोसम्म पुगेर बिरामी तुल्याउन सक्छ । यो माक्स लगाएर हिँड्दा पनि सजिलै मानिसको शरीरमा प्रवेश गर्न सक्ने खालको हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

Advertisement