May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य :प्रधानमन्त्री ओली

काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् ।

Advertisement

नयाँ वर्ष सन् २०२१ को अवसरमा आज भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्नका लागि स्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गरेका छन।


मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधान सामना गर्नु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौँ । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य छ ।’

आगामी दिनमा सुशासन र विकासको बाटोबाट अघि बढ्ने पनि उहाले प्रतिवद्धता जनाउदै उनले भने ‘हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौँ ।

राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने छन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ । अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धि थप उचाइमा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ।