April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

प्रदेश १ को नेकपा संसदीय दल विभाजन, मुख्यमन्त्री राईले निलम्बन गरे १५ सांसद

काठमाडौं । प्रदेश १ को नेकपा संसदीय दल विभाजन भएको छ ।

Advertisement

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव नेपाल पक्षले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई नेता चयन गरेपछि आजबाट औपचारिक रुपमा दल विभाजन भएको हो ।

प्रचण्ड–माधव पक्षले आचार्यलाई भावी मुख्यमन्त्री प्रस्ताव गरि अविश्वास प्रस्दा दर्ता गराएको छ । यता मुख्यमन्त्री राईले १५ सांसदलाई कारबाही गरेका छन् । राईले कारबाही स्वरुप १५ सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका हुन् ।

आफूविरुद्धको अविश्वास प्रस्तावमा थाहै नदिई हस्ताक्षर गरेको भन्दै राईले १५ जना सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका बतायिएको छ। ।निलम्बनमा पर्ने प्रदेश सांसदहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।

आचार्य राईसँग संसदीय दलको नेतामा पराजित भएका थिए । प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसदमध्ये ३७ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर एकजना हस्ताक्षरकर्ता कला घलेले आफूले हस्ताक्षर फिर्ता लिएको बताएकी छन् ।