May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

म मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन दिन्न, चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस्,’ :प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पद मात्र खोजेको आरोप लगाएका छन्।

Advertisement


ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रित रहेको बताएका हुन् ।ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् ।

ओलीले भने, ‘मैले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गरेको थिएँ । एकतालाई जोगाउन मैले प्रचण्डसँग पटक–पटक सहमति गरेँ । प्रचण्डसँग सहमति गर्दा मेरो एउटा ब्रिफकेस नै भरिएको छ । तर, वहाँले सहमति कार्यान्वयन गर्नुभएन ।’

एकता गर्नका लागि पूर्वमाओवादी पक्षलाइ ४० प्रतिशत हिस्सा दिएको स्मरण गर्दै अहिले सोही प्रतिशतलाई बहुमतको खेलमा प्रयोग भएकोमा दुःख व्यक्त गरे । ओलीले भने, ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट थियो, त्यसमा प्रचण्ड गुट पनि थपिन्छ भन्ने मलाई थाहा थियो । तर एकताका लागि मैले ४० प्रतिशत दिएँ ।

तर, वहाँले त्यो शक्ति बहुमतको खेलमा लगेर केन्द्रित गर्नुभयो जसले गर्दा पार्टी यो स्थितिमा पुग्यो ।’मैले मित्रताले अँगालो हाले वहाँले ध्रीतराष्टले जसरी हाल्नुभयो,’ ओलीले भने, ‘शुरुदेखि वहाँको ध्यान पार्टी कब्जा गर्ने र हत्याउनेमा नै रहेछ ।’दाहाल-नेपाल समूहलाई कटाक्ष गर्दै उनले भने, ‘केही मान्छेहरू एउटा राम्रो डुंगामा हुनुहुन्थ्यो।

तर, उहाँहरूले समातेर अघि बढ्न दिनुभएको थिएन। अहिले डुंगा बढ्यो। तर, उहाँहरू छुट्टिनुभयो।’प्रचण्ड पक्ष पार्टी एकताको विरोधमै रहेको बताए। कम्युनिस्ट एकता कायम गर्नका लागि धेरै प्रयास गरेको भए पनि सम्भव नभएको उनको भनाइ थियो ।प्रचण्डले आफूसँग मिलेर चुनाव जितेपछि पनि कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको आरोप लगाए।

ओलीले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गरे । उनले संसद पुनर्स्थापनाको सम्भावना पनि नरहेको जिकिर गरे । उनले भने, ‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिन । चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ ।

अब चुनावको तयारी गर्नुस् ।’ उनले प्रचण्ड माधव पक्षलाई पनि चुनावको तयारीमा लाग्न सुझाव दिए । ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस्,’ ओलीको सुझाव थियो ।प्रचण्डले षड्यन्त्रकारी प्रवृत्ति छोड्न भने पनि नमानेको उनले आरोप लगाए ।

मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रको जस्तो अंगालो हालेको बताए।‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्नुभयो।’सरकारका कामकारबाहीमा प्रचण्डले सहयोग नगरेको समेत उनले बताए । आजित भएर आफूले संवैधानिक परिषद अध्यादेश ल्याएको जिकीर गरे ।