April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

वागमती प्रदेश सभा संसदीय दलको बैठक सूरु, शाक्यलाई दलको नेता घोषणा गर्ने

काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठक काठमाडौमा सूरु भएको छ ।

Advertisement

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दलको बैठक काठमाडौमा बसेको हो ।प्रदेश इन्चार्ज समेत रहेकी अष्टलक्ष्मी शाक्यले दलको बैठकले केही औपचारिक निर्णयहरु गर्नलाई बैठक डाकेको बताएकि छन।

बैठक नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडा सुरु भएको जानकारी दिइन् ।मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता अविश्वासको प्रस्ताव र मुख्यमन्त्रीको उम्मेदवारमा प्रस्तावित उनी तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजय भएकी थिइन् । तर माओवादी एकीकरणपछि दलमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको छ ।

आजको बैठकले शाक्यलाई दलको नेता घोषणा गर्ने एक सांसदले जनाकरी दिए। हिजो बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका थिय ।

मुख्यमन्त्रीविरुद्ध शालिकरामकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । दलको नेताको हैसियतले उपनेता र सचेतकलाई हटाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताएका छन् । उनीहरु दुवैजना पूर्व माओवादी पक्षका हुन् ।