May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

आधिकारिक नेकपा हेर्न भृकुटीमण्डप आउनुहोस् :झलनाथ खनाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन आयोगका आयुक्तलाई आधिकारिक नेकपा हेर्न भृकुटीमण्डप आउन आग्रह गरेका छन् ।

आफूहरुको पार्टी नै आधिकारिक नेकपा भएको दावी गर्दै उनले भने– तपाईंहरुले अलमल नगर्नुस्, आधिकारिक पार्टी हेर्न यहाँ आउनुस् उनले भने सयुक्त आन्दोलनमा आउन दलहरुलाई आह्वान गर्दै उनले भने यो नेकपाको दुई गुटको झगडा मात्र नभएको बताए ।

वैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गर्दै उनले दुई वर्षपछि हुने चुनावमा ओली नेतृत्वको पार्टीका उम्मेदवारको जमानत नै जफत हुने बताए ।विरोधसभालाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संवैधानिक कू गरेको भन्दै त्यसविरुद्ध तेस्रो जनआन्दोलन हुने चेतावनी दिएका छन् । उनले भने– २०६२/६३को भन्दा पनि ठूलो जनआन्दोलनको आगो दन्कनेछ, त्यसले ओलीलाई समाप्त पार्नेछ ।

Advertisement