May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

नेकपालाई विभाजनबाट जोगाउ आएको भनियको चिनियाँ टोली फर्कियो

काठमाडौं । नेकपा विभाजनपछिको अवस्था बुझ्न काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधिमण्डल फर्केको छ ।

Advertisement

नेकपालाई विभाजनबाट जोगाउने अन्तिम कोशिश गर्न आएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वकाे चार सदस्यीय टोली स्वदेश फर्किएको हो। विदेश विभागका उपमन्त्रीको नेतृत्वको टोली हिमालयन एयलाइन्सको को उडानमा आज बिहान कुन्मिङ प्रस्थान गरेको हो ।

चिनियाँ प्रतिनिधिमण्ड काठमाडौं उत्रिएलगत्तै राजनीतिक भेटघाटमा व्यस्त भएको थियो। विशेष गरी उनीहरुले नेकपा विभाजन र मिल्न सकिने अवस्थाका विषयमा चासो राखेका थिए।नेकपा विभाज भएपछि काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्ड, माधवकुमार नेपाल र कृष्णबहादुर महरालाई समेत भेटेक थिइन्। तर, उनको यो भेटले सफलता नपाएपछि आकस्मिकरुपमा चिनियाँ उच्च अधिकारी काठमाडौं आएका थिए।

उक्त टोलीलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेट गरेको थियो । नेकपामा विवाद बढेको बेला चिनियाँ टोली नेपाल आउनुलाई अर्थपूर्ण ढंगमा हेरिएको छ ।उक्त टोली बुधबार विहान स्वदेश फर्किएको हो।