May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

बेलायत औपचारिक रुपमा युरापेली (इयु) संघबाट बाहिरियो


एजेन्सी– बेलायत ‌‍औपचारिक रूपमै युरोपेली संघ (इयु) बाट बाहिरिएको छ।आधा रात पछि बेलायत पूर्ण रुपमा इयूबाट अलग्गिएको हो ।

Advertisement

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ३१ डिसेम्बर राती ११ बजे नै नयाँ सम्बन्धको सुरुवात हुन लागेको जानकारी दिए । उनले यसलाई एक नयाँ सुरुवात बताएका छन् । यो मौकामा उनले आफ्नो दायित्व पूर्ण रुपमा निर्वाह गर्ने बताएका छन् । बोरिस जोनसोनले ब्रेक्जिटको लामो प्रक्रिया अब समाप्त भएको पनि बताए ।फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले बेलायतले सधैं एक मित्रवत् र सहयोगी भूमिका निर्वाह गरेको बताए ।

सन्‌ १९७३ मा संघको सदस्यता लिएको बेलायतले ४७ वर्षपछि स्थानीय ग्रीनवीच समयअनुसार गएराति ११ बजेदेखि इयुका नियम पालना गर्न छाडेको हो।युरोपेली युनियनमा बस्न नहुने माग विपक्षीबाट आएपछि सन् २०१६ मा बेलायतमा यसबारे जनमत संग्रह भएको थियो। ब्रेक्जिट अर्थात बेलायत युरोपेली संघबाट बाहिरिनुपर्छ भन्ने पक्षमा ५२ प्रतिशत र छाड्नुहुँदैन भन्ने पक्षमा ४८ प्रतिशत मत खसेको थियो।

त्यसपछि ब्रेक्जिटका लागि दुवै संसदले विधेयक बनाएको थियो र महारानी एलिजावेथ द्वितीयाले स्वीकृति दिएको थिइन्‌।यो प्रकृया आज औपचारिक रूपमै सम्पन्‍न भएको बीबीसीमा उल्लेख छ।