April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

देशमा आजको मौसम

पौष २४ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल तराईका भू-भागमा बाक्लो कुहिरो लागेको जनाएको छ । चिसोका कारण कुहिरो लागेको छ भने दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको छ ।

आज सुदूरपश्चिम र प्रदेश १ मा आज दिनभर बादल लाग्ने छ । रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने छ । काठमाडौँ उपत्यकामा हिजोभन्दा आज चिसो बढेको छ । आज बिहान काठमाडौँ उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाडौँको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो फेरि घटेर ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

Advertisement