May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न, युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्दै बैंकको हिजो बसेको विशेष साधारण सभा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मुल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको मुल्य अनुपात १००ः ३५ को शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ ।अब युनाइटेड फाइनान्सका शेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता शेयर पाउने भएका छन् ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पछि नबिल बैंकको चुक्तापुँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ भने कुल पूँजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धि भएर १४७ ओटा हुनेछ ।

निक्षेपको अंक २१६ अर्ब हुनेछ भने कर्जाका अंक २०१ अर्ब हुनेछ ९ चैत्र मसान्तको वित्तिय विवरण अनुसार यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको अंक २ खर्ब माथि हुनेछ । यसैगरी, सभाले प्राप्ति प्रयोजनका लागि भएका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधनसमेतका सम्पुर्ण कार्यहरु गन अख्तियारी सञ्चालकलाई दिने विशेष प्रस्ताव पारित गरेको छ ।वर्तमान अवस्थालाई ध्यानमा राख्दै बैंकले आयना शेयर धनीहरुलाई अभौतिक रूपमा उपस्थित हुन Zoom ID / Passcode को व्यवस्था मिलाएको थियो।