May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

जसपाका अध्यक्ष महन्थ ठाकुरले बोलाए आफू निकट सांसदहरुको भेला

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुको भेला बोलाएका छन् ।जसपा नेपालमा आन्तरिक विवाद बढ्दै गएको बेला अध्यक्ष ठाकुरले आफ्नो पक्षको रणनीति बनाउनका लागि तत्कालीन राजपा नेपालका सांसदहरुको बैठक बोलाएका हुन् ।

गत मंगलवार प्रधानमन्त्री अ‍ोलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पुरा भएपछि लिखित सहमति जनाउने प्रतिवद्धता जनाइ सकेको कारण त्यसको बारेमा रणनीति बनाउन आफ्ना पक्षका सांसदसँग छलफल गर्न लागि भएको बताइएको छ । सरकारमा जाने र नजानेमा दुई धार देखिएपछि जसपामा विवाद चर्किँदै गएको छ ।

अनौपचारिक भनिएको बैठकमा अध्यक्ष ठाकुरले पार्टीमा के भइरहेको छ भन्ने विषयमा ब्रिफिङ गरेको सहभागी एक सांसदले बताए । सत्ता सहकार्यका विषयमा जनता समाजवादी पार्टीभित्र अहिले दुई धार देखिएको छ । पूर्व समाजवादी पार्टी अर्थात अध्यक्ष उपेन्द्र यादव र संघीय परि‍षद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष नेकपा एमालेबाहेकका दलहरुसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा छ भने पूर्व राजपा अर्थात महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पक्षमा छन।

Advertisement