May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा जारी

नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बसिरहेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बिहान बैठक बसेको हो।

Advertisement

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको चौधौं महाधिवेशनलगायतका विषयमा छलफल केन्द्रीत रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

१४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने काम र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बसेको हो।

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेपछि यसले मूर्तरूप लिन सकेको छैन।

यद्यपि काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहबीच निरन्तर छलफल हुँदै आएको छ ।