May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

संसद अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको थिएन- सभामुख सापकोटा

काठमाडौं । सरकारले सभामुख सँग सामान्य छलफल र परामर्श नै नगरी संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको निर्णय लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । तर सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको बताएका छन् ।

आफ्नै कार्यकक्ष सिंहदरबारमा सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताए । ‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै सल्लाह भएको थिएन,’ उनले भने ।

सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडेका छन् ।