May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

सेयर बजारमा गैरआवासीय लगानी


सरोज अधिकारी

Advertisement


मुलुकमा रोजगारको पर्याप्त सम्भावना नहुनु र माओवादी द्वन्द्वका कारण विदेशीने नेपालको सङ्ख्या विगतका कैयन बर्ष ह्वात्तै बढ्यो । त्यसको सामाजिक क्षेत्रमा नकारात्मक असर निकै दर्दनाक रह्यो । तर केही बर्षदेखि नेपालीले विदेशमा सिकेका सीपको नेपालमा सदुपयोग हुन थालेको छ । अझै भन्ने हो भने कोभिडको सङ्क्रमणले नेपाल भित्रिएका विदेशमा काम गर्ने नेपालीले पैसा र सीप दुवै बोकेर आए ।

त्यसको प्रभाव अहिले हरेक क्षेत्रमा देख्न थालिएको छ । साना तथा मझैला व्यवसाय पनि व्यवस्थित गरेर सञ्चालन गर्ने, कृषि, पशुपालन, दुग्धजन्य उत्पादन जस्ता विषयमा आत्मनिर्भर हुने अवस्थामा मुलुकलाई पु¥याउन विदेशमा सीप सिकेर पुँजी सहित नेपालमा लगानी गर्नेको ठूलो योगदान रहेको छ ।


भूकम्प होस वा भारतीय नाकाबन्दी अनि अहिलेको कोभिड सङ्क्रमण सबैले हरेक नेपालीलाई गाँउ गाउँसम्म व्यवसाय विस्तार गर्न र उत्पादनमूलक साना व्यवसाय सञ्चालन गर्ने एक प्रकारको अबसर नै जुट्यो । त्यसका नकारात्मक प्रभावहरु आफ्नै ठाउँमा होलान तर सकारात्मक प्रभाव पनि देखिन थालेको छ ।

विदेशमा पसिना बगाएर मुलुक पैसा भित्राउने श्रमजिबी नेपालीले जति सम्मान पाउनु पर्ने हो सो भने सरकारले दिन सकेको छैन । अनेकन दुःख छ विदेशमा कमाएर नेपाल पैसा भित्राउन । सरकारले विदेशमा कमाएका पैसा नेपाल भित्राउन सहज वातावरण बनाउने उनीहरुले त्यस्तो पैसा नेपालमा लगानी गर्दा निश्चित कर छुटको व्यवस्था गर्ने हो भने नेपालीले विदेशमा कमाएर मुलुक भित्राएको पैसाले स्वदेशमा थप उत्पादन र विकासमा सहयोग पुग्ने निश्चित छ ।

हाल भने नेपाल भित्रिएको रकमको ठूलो हिस्सा परिवारको उपभोग मै खर्च हुने अवस्था छ । न्यून आय भएका परिबारका सदस्य विदेश गएर कमाएर नेपाल भित्रिएको रकम परिवारको दैनिक खर्च र विलासिताका सामान खरिद मै धेरै खर्च हुने अवस्थाको अन्त्य गर्न नेपाली सेयर बजारमा पनि गैरआवासीय नेपालीको लगानी भित्राउने कुरा आएको लामो समय भयो । तर हालसम्म त्यस्तो रकम सेयर बजारमा प्रत्यक्ष रुपमा आएको पाइदैन । परिबारका सदस्यको नाममा वा विदेशमा भए पनि नेपाली नागरिकता भएको कारण डिम्याट खोलि सेयर बजारमा लगानी गर्ने त थुप्रै छन