May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

माधव समुहद्वारा सुदूरपश्चिममा समानान्तर जिल्ला कमिटीहरु घोषणा ( सूचीसहित )

काठमाडौं । माधव नेपाल समुहले सुदूरपश्चिम प्रदेशकमा समानान्तर जिल्ला कमिटीहरु घोषणा गरेको छ।आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटीका पदाधिकारीहरु घोषणा गरेका हुन् ।

Advertisement

एमालेभित्र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता खनाल-नेपाल पक्षलाई कारबाही गर्न थालेपछि यो समूहले समानान्तर कमिटी घोषणा गर्न थालेको हो। प्रदेश कमिटीको चैत २३ र २४ गते बसेको बैठकले सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लामा जनसंगठन र पेशागत संगठनका प्रदेश र जिल्ला कमिटीको पुनर्गठन गर्ने निर्णय समेत गरेको छ।


साथै पत्रकार सम्मेलनमा रावलले जनप्रतिनिधिलाई ओलीले गुटमा तान्न धम्क्याउने गरेको आरोप लगाएका छन। ‘प्रधानमन्त्रीले वडा, पालिका र विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूलाई गुटमा तान्ने प्रयास गर्दैछन्। प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले को जनप्रतिनिधिलाई धम्क्याएको वा तर्साएको भन्नेबारे उनले नाम खुलाएनन्। निर्वाचित प्रतिनिधिको पद प्रधानमन्त्रीले धम्क्याउँदैमा नजाने उनको भनाइ थियो। यस्तै आफु माथि ओलीले गरेको कारवाही विधानअनुसार नभएको उनले बताए ।

ओलीले रावललाई छ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।‘नवौं महाधिवेशनको निर्देशन विपरीत, विधानविपरीत काम गर्ने ओली आफैँ अवैध हुन्, अवैध मान्छेले गरेको कारवाही वैध हुँदैन,’ उनले भने।

कञ्चनपुर

अध्यक्ष– तारा लामा
उपाध्यक्ष–जीवन राज थापा
सचिव– रणबहादुर महरा
उपसचिव– रविन्द्र कुँवर
कार्यालय सचिव–मोहनसिंह रावल

बाजुरा

अध्यक्ष–गगनबहादुर रावल

सचिव–पुरबहादुर राउत

उपसचिव– निरबहादुर शाही

बैतडी

अध्यक्ष–महादेव भट्ट
उपाध्यक्ष–कृष्ण साउद
सचिव– हर्कबहादुर धानुक
उपसचिव–गौरीदत्त भट्ट

अछाम

अध्यक्ष–शेरबहादुर कुँवर
उपाध्यक्ष्–नन्दबहादुर कडायत

कैलाली
अध्यक्ष– दीर्घ बहादुर सोडारीडडेलधुराअध्यक्ष– डा.तारा जोशीउपाध्यक्ष– वीरेन्द्रबहादुर बस्नेत
सचिव– धनबहादुर साउद
उपसचिव– शकुन्तला नगरकोटी

डोटी
अध्यक्ष–चक्रबहादुर मल्ल
उपाध्यक्ष– दुर्गा प्रसाद ओझा
उपसचिव–मञ्जु मलासी
कार्यालय सचिव– खड्कबहादुर कठायत

बझाङ
अध्यक्ष–दीलबहादुर सिंह
उपाध्यक्ष– इन्द्रबहादुर भण्डारी
सचिव– दमनबहादुर भण्डारी
उपसचिव– धनबहादुर बोहरा
कार्यालय सचिव– सुरतबहादुर सिंह