May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

प्यूठानमा नेपाल पक्षको समानान्तर कमिटी गठन

प्यूठान । माधव नेपाल पक्षले प्यूठानमा भोजविक्रम बुढामगरको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको छ । शनिवार आयोजित अगुवा कार्यकर्ता भेलाले भोजविक्रम बुढामगरको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन भएको हो ।

समानान्तर जिल्ला कमिटीको उपाध्यक्ष कृष्ण रायमाझी र सचिव दिपेन्द्र के.सी. छन् । सचिवालय सदस्यहरुमा भगवती राजभण्डारी, गुमानराज पुलामी, तिलबहादुर घर्ती, धर्मराज भण्डारी, सन्तोष वि.क., आर रिजाल, झविलाल राहुँमगर, झगबहादुर बुढामगर, हिमबहादुर के.सी., आरपी राजभण्डारी रहेका छन् ।

पार्टीमा विवाद बढ्दै जाँदा नेपाल पक्ष देशैभर र प्रवासमा समेत समानान्तर कमिटी गठन गरी अघि बढ्ने बताएको छ। नेपाल पक्षले जिल्ला कमिटी निर्माणमा तीव्रता दिएको छ। समानान्तर कमिटी गठन गर्ने माधव नेपाल पक्षको यो कदमलाई धेरैले पार्टी विभाजन या अलग पार्टी बनाउने योजनाको पूर्वाभ्यासका रूपमा बुझेका छन् ।

Advertisement