May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

खनाल–नेपाल समूहको बागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य

काठमाडौं । पार्टी भित्र सामानान्तर कमिटी निर्माणलाई तिब्रता दिँदै आएको नेकपा (एमाले) को खनाल–नेपाल समूहले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ। खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

जसको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् । समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइयो ।

२३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार, ब्युँतिएको एमालेभित्रको दुई खेमा (अध्यक्ष केपी ओली र खनाल–वरिष्ठ नेता माधवकुमार नेपाल) बीच झनै विवाद बढ्दै जाँदा एकअर्का विरुद्ध सार्वजनिक रूपमै आरोप लगाउने सँगै समानान्तर संगठन निर्माणलाई तिब्रता दिँदै आएको छ।

Advertisement