May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

माधव समुहको भोजपुरमा अनेरास्ववियू र युवासंघ को समान्तर कमिटी

भोजपुर । नेकपा एमाले माधव समुहले भोजपुरमा अनेरास्ववियू र युवा संघको समान्तर कमिटी बनाएको छ । यसअघि अलग्गै जिल्ला कमिटी बनाइसकेको माधव पक्षले युवा र विद्यार्थीको कमिटी गठन गरेको हो ।

बुधबार बिमल रणपहेलीको नेतृत्वमा १ सय ७५ सदस्य रहेको राष्ट्रिय युवा संघ बनाएको छ । उपाध्यक्षमा निमाराज तामाङ, ईश्वर दंगाल, धिरेन राई छन् । सचिवमा अर्जुन तामाङ, कोषाध्यक्ष सिर्जना राई, सह-सचिव विमन राई र दीपराज राई, राजकुमार श्रेष्ठलाई चयन गरिएको छ भने ध्रुवराज राई अध्यक्ष रहेको अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को कमिटी पनि गठन गरिएको छ । ८५ सदस्य अखिलको उपाध्यक्षमा प्रकाशसिं राई, सचिव प्रताप तामाङ, सहसचिव आर्यमान दाहाल, स्नेहा राई र मेनुका लुईंटेल साथै कोषाध्यक्षमा सावित्रा तामाङ रहेका छन। ।

Advertisement