May 1, 2024, Wednesday
१९ बैशाख २०८१, बुधबार

ओली राजीनामा दिने मनस्थितिमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।

Advertisement

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् । ज्ञवालीले भने ‘दलहरुसँग छलफल गरेपछि त्यहाँ आउने सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ ।

ज्ञवालीले प्रधानमन्त्री मुलुकलाई अन्योलमा राख्नु हुँदैन भन्ने पक्षमा रहेको भन्दै प्रधानमन्त्री बाटो खोलिदिने मुडमा रहेको संकेत गरे । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।सर्वाेच्चको फैसला अनुसार अब १२ दिनमा नै प्रधानमन्त्रीको सिफारिसमा संसदको अधिवेशन बोलाउन सिफारिस गर्नुपर्छ ।

उनीमाथि त्यस अगाडि नै राजीनामा गर्न दबाव छ ।सर्वाेच्चको फैसलासँगै पूर्वसभामुख सुवास नेम्वाङसहितका नेताहरुले अदालतको फैसला आफूहरुले मान्ने बताउँदै पहिला नै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग नगर्न सल्लाह दिएको सार्वजनिक अभिव्यक्ति उनीहरुले दिन थालेका छन् ।

यति मात्र होइन, सरकारका मन्त्रीहरुले नै अब नैतिक रुपमा सरकारमा बस्न नमिल्ने बताइरहेका छन् । ओलीले संसद भंग गरी निर्वाचनमा जाने निर्णयलाई सर्वाेच्चले उल्टाइसकेकाले प्रधानमन्त्री नैतिक रुपमा राजीनामा दिनुपर्ने माग सर्वत्र उठिरहेको छ ।