May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता, अर्को बैठक फागुन २० गते

विराटनगर । प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । आज (आइतबार) बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो ।

उनीविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । मुख्यमन्त्री राईविरुद्ध ३७ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव पेश गरिएको छ ।

अविश्वास प्रस्ताव पेस गर्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिपछि आङ्वोले प्रस्ताव पेश गरेका हुन् । आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन्

Advertisement