May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

सात दिनभित्र अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन मुख्यमन्त्री राईको निर्देशन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्ना सांसदलाई सात दिनको समय दिएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि पहिलोपटकबसेको संसदीय दलको बैठकमा राईले अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता नलिए विधान अनुसार कारबाही थालिने जानकारी गराएका छन् ।

बैठकमा सहभागी माधव नेपाल पक्षधर सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता हुनसक्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरेपछि विभाजन भएको तत्कालिन नेकपा प्रचण्ड-माधव समूहका ३७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा तत्कालीन प्रचण्ड–माधव पक्षका ३७ सांसदले हस्ताक्षर गरेका थिए । तीमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् । सर्वोच्च अदालतको फैसला अनुसार माओवादी के‍न्द्र र एमाले ब्युँतिएपछि पहिलोपटक प्रदेश संसदीय दलको बैठक बसेको हो । प्रदेश १ सभामा सभामुखसहित एमालेका ५१ सांसद छन् । तीमध्ये २० जना माधव नेपाल पक्षका छन् ।

Advertisement