May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ

काठमाडौं। नेकपा (एमाले) मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् । पार्टी कार्यालय सरेको थाहा पाएपछि थापाथली पुगेकी खड्काले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाटै पक्राउ गरिएको थियो ।

Advertisement

कार्यालयमा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’ लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई प्रकाउ गरेको थियो ।एमालेको मुख्य कार्यालय आजै धुम्बाराहीबाट थापाथलीमा सरेको थियो ।भर्खरै नवयुवती जाङ्ग्मु शेर्पासङ्ग बिबाहबन्धनमा बाधिएका मुख्यमन्त्री राई आज बल्खूमा आयोजित एमाले कार्यालय भवनको शिलान्यास कार्यक्रमलगत्तै थापाथलीमा देखा परेका थिए ।

बालिका गिरफ्तारीको बिस्तृत कारण थाहा हुन सकेको छैन । तर,अहिले वडा प्रहरी कार्यालय अनामनगरमा लगिएकी उनीमाथि मुख्यमन्त्रीलाई बाटो घाटोमा बलात्कारीजस्ता शब्द प्रयोगमार्फत प्रधानमन्त्रीकै सामु सार्वजनिक दुर्व्यवहार गरेको आरोप लाग्ने सम्भावना छ ।

प्रहरीका अनुसार उनी शेरधन राईलाई भेट्न भन्दै बिहानै एमाले मुख्यालय,थापाथली पुगेकी थिइन् । राई कार्यालय सचिव ईश्वरी रिजालको कार्यकक्षमा बसिरहेका थिए । बालिकाले चाल पाएपछि पटक पटक शेरधन भएको ठाउँमा जाने प्रयास गरिन् ।

पटक पटक प्रयास गर्दा प्रहरीले रोकेपछि शेरधन राईलाई मुख छोडिन् । गाली,गलौज गर्न थालिन् । त्यही कारण उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।