May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव टेबुल हुँदै

विराटनगर । प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकका लागि एकमात्र कार्यसूची मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव छ । बैठक बस्नुअघि आइतबार बिहान मुख्यमन्त्री निवासमा राई र सभामुख भण्डारीबीच छलफल भएको थियो । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने भएको छ ।

आइतबार अविश्वासको बैठकमा टेबुल गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । यसअघि २५ माघमा अविश्वास्को पस्ताव टेबुल गर्ने कार्यसूची थियो । तर सरकार पक्षको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भयो । आइतबारको बैठक पनि अवरुद्ध गर्ने ओली समूहले तयारी गरेको छ ।

केहीबेरपछि शुरू हुने बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको हो । सभामुख प्रदीपकुमार भण्डारीले कार्य परामर्श समितिको बैठक नबसाई बैठक संचालनको तयारी गरेका छन् ।प्रदेशसभा बैठक बस्ने भएपछि नेकपाको दुवै पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका छन् ।

Advertisement