May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

नागरिकता र परिचयपत्रसहित निर्वाचन आयोग जाँदै दाहाल-नेपाल समूह

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न बहुमत केन्द्रीय सदस्यहरुको परिचय खुल्ने कागजातसहित निर्वाचन आयोग जाने भएको छ । केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार सवै सदस्यहरुलाई नागरिकताको प्रमाणपत्रसहित शुक्रबार १२ बजेभित्र पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनिएको हो ।

पेरिसडाँडास्थित प्रचण्ड–माधव पक्षको केन्द्रीय कार्यालयले विहीवारै केन्द्रीय सदस्यहरुलाई आफ्नो नागरिकता र परिचयपत्रसहित उपस्थित हुन सूचना पठाएको थियो । सो सूचनापछि काठमाडौं बाहिर रहेकाहरु पनि काठमाडौं आउँदैछन् ।

केन्द्रीय समितिको साविकको ४४१ सदस्यमध्ये आफूसँग ३१५ जना सदस्य रहेको दाबी गर्दै आएको यो समूह नागरिकता वा पार्टीको परिचयसहित निर्वाचन आयोग जान लागेको हो ।आयोगलाई दबाब दिने उद्देश्यले प्रचण्ड-माधव पक्षले केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा भेला हुन सूचना गरेको छ । सबै भेला भएपछि प्रचण्ड र माधव नेपाल सहित निर्वाचन आयोगमा जाने तयारी रहेको बातायिएको छ ।

Advertisement