May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

सूर्य चिन्ह हामीसँग छ ओलीसँग बयलगाडाको चिन्हमात्रै छ : माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै पशुपतिनाथले पनि भलो नगर्ने टिप्पणी गरेका छन्।

Advertisement

‘जुन पार्टीले प्रधानमन्त्री पदमा पुर्‍यायो त्यही पार्टी सिध्याउन तिमी लागिरहेका छौं। लोकतन्त्र समाप्त पार्न लागेका छौं, तिमीलाई धिक्कार छ,’ आज काठमाडौंमा आयोजित विरोध सभामा अध्यक्ष नेपालले भने, ‘आम नेपाली जनताले भनिरहेका छन् केपी ओलीलाई धिक्कार छ।’‘

पशुपतिनाथले राम्रो, असल मान्छेको मात्रै भलो गर्छ,’ बु्धबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘पशुपतिनाथले पापीलाई भलो गर्दैनन् चेतना भया ।

लोकतन्त्रको हत्या गर्ने, संविधानको हत्या गर्ने केपी ओलीको रक्षा गर्दैनन् ।’
उनले देशका विभिन्न ठाउँमा भइरहेका बलात्कार घटनामा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले कारवाही गर्न नसकेको पनि बताएका छन्।उनले ओली सच्चिनेवाला नभएको पनि बताएका छन्। सूर्य चिन्ह आफूहरूसँग भएको र ओलीसँग बयलगाडाको चिन्हमात्रै रहेको दाबी उनको थियो।

ओलीसँग केही हजार मानिस मात्रै रहेको दाबी उनको थियो। ओली तर्क नभई धम्कीतर्फ लागिरहेको उनले बताएका छन्। जनमतमा विश्वास गर्ने भए ओलीले बहुमतको शासन मान्न तयार हुनुपर्ने उनले बताए।ओली प्रतिगमनको प्रतीक भएको र पूर्वराजा ज्ञानेन्द्र शाह पथमा अगाडि बढेको आरोप नेपालको थियो।