May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

ओली कम्युनिष्ट पार्टीको अध्यक्ष् कि हिन्दु महासंघको भन्ने प्रश्न उठेको छ – प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनमा बाह्य शक्ति नभएर आन्तरिक कारण नै मुख्य रहेको बतायका छन ।

Advertisement

मंगलबार अन्तराष्ट्रिय क्षेत्र विशेषका पत्रकारहरुस“गको अन्तरक्रिया कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनका सम्बन्धमा बाह्य शक्तिको प्रभाव छ भनेर कुनै व्याख्या गर्न आवश्यक नरहेको बताए ।

उनले छिमेकी दुई राष्ट्रहरु चीन र भारत लगायत अन्य देशले पनि आ–आफ्नो राष्ट्रहितको पक्षमा विचार प्रभाव बढाउन खोज्नु स्वभाविक रहेको बताउदै राष्ट्रहितलाई सर्वोपरि राखेर नेपालको सबै देशहरुस“गको सम्बन्ध भने राम्रो बनाउनुपर्ने जोड अध्यक्ष प्रचण्डले दिए ।

अन्तराष्ट्रिय मञ्चका पत्रकारहरुले भारतको इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको जिज्ञासा राखेपछि नेकपा अध्यक्ष प्रचण्डले यसबारे प्रष्ट पार्दै ओलीको राजावादीहरुस“ग हिमचिम बढेको समेत आरोप लगाए ।

प्रधानमन्त्री ओलीले रामको जन्मभूमिबारे बोल्नु, पशुपतिमा दिप प्रज्वलन गर्नु र पछिल्लो समय नारायणहिटी दरबार अगाडी जनसभा गर्नुले उहा“ कम्युनिष्ट पार्टीको अध्यक्ष्ँ हो कि हिन्दु महासंघको अध्यक्ष भन्ने प्रश्न समेत उठेको अध्यक्ष प्रचण्डले बताए । आमनागरिकको धर्म र आस्थालाई सम्मान गर्ने तर राज्य भन्ने धर्मनिरपेक्ष रहने विषयलाई अध्यक्ष प्रचण्डले प्रष्ट पारे । अन्तरक्रियात्मक उक्त कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल लगायतको उपस्थिती रहेको थियो ।