May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

काठमाडौं । विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् ।कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका हुन ।

Advertisement

राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना उपस्थित भएपनि उपराष्ट्रपति पुन र सभामुख सापकोटा अनुपस्थित भएका हुन् । पुन र सापकोटा पूर्वमाओवादीबाट उपराष्ट्रपति र सभामुख बनेका हुन । उपराष्ट्रपती पुनको निवासमा केही दिनअघि प्रचण्ड र बाबुराम भट्टराईबीच वार्ता भएको थियो ।

प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति शपथग्रहण समारोहमा सहभागी नभएको स्रोतले जनाएको छ ।सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए ।

नियुक्ति सिफारिस असंवैधानिक भन्दै दायर रिटको टुङ्गो नलाग्दै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका पदाधिकारीलाई बुधबार शपथ गराइएको हो ।मंसिर ३० मा अध्यादेश ल्याएर गरिएको नियुक्ति सिफारिस असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका छन् । उनीहरुले अध्यादेश नै संविधानको मर्मविपरीत रहेको भन्दै अध्यादेश खारेजी र उक्त अध्यादेश अन्तर्गत भएका सिफारिस बदरको माग गरेका छन् ।