May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

वर्षा र हिमपात बुधबारसम्म हुने

पुस २१ । देशैभर पश्चिमी वायुले भित्रयाएको जलवाष्प र त्यसको प्रभावका कारण आइतबारदेखि नै राजधानीसहित देशभर चिसो बढेको हो । हिउँदे वर्षा र हिमपातका कारण चिसो बढेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा आएको बदलीसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशकाका उच्च हिमाली भेगमा हल्का बर्षासहित हिमपात समेत भएको छ । वर्षा र हिमपात बुधबारसम्म रहने महाशाखाले जानकारी गराएको छ ।

यसैले आज देशभर बदलीसहित उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको जनाइएको छ । आज रातिसम्म देशभर आंशिक देखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement