May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र चिनियाँ उप-मन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । भेटघाटको विषयवस्तुबारे भने केही पनि बताइएको छैन ।

प्रधानमन्त्रीलाई भेट्नु पहिले उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । भेटघाटका बारेमा राष्ट्रपति कार्यालयले केही जानकारी दिएको छैन ।

Advertisement