May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

हाम्रो कुनैपनि डाटा चोरी भएको छैन: नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको बताएको छ ।

Advertisement

टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।

प्रवक्ता राजेश जोशीले कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्ले ख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको दाबी गरे ।

साथै जोशीले ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरणहरू सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेका बताए ।