May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

डेटा ह्याकगरेको दावी गरेपछि नेपाल टेलिकमले गर्‍यो शंकास्पद सर्भर सटडाउन

ह्याकरले आक्रमण गरेको आशंकामा नेपाल टेलिकमले आफ्नो एउटा सर्भर बन्द गरेको छ ।

Advertisement

चिनियाँ ह्याकर समूहले सर्भरमा आक्रमण गरेर डेटा हृयाक गरेको दावी गरेपछि टेलिकमले शंकास्पद सर्भर सर्ट डाउन गरेको प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । ‘अहिलेसम्म ह्याक भएको पुष्टि भएको छैन, तर सूचना आएपछि सर्भर सट डाउन गरेका छौं,’ उहाँले भन्नुभयो ।

चीनको ट्याग–२२ ग्रुपले नेपाल टेलिकमको सर्भरमा ‘ग्लास फिस’ सर्भरका माध्यमबाट ‘कोल्भटस्ट्राइक’ मार्फत सर्भर हृयाक गरेका दावी गरेको छ । यो सूमह चीनको राज्य सञ्चालित समूह रहेको दावी गरिएको छ ।

त्यसरी लिक भएको भनिएको कल डिटेल्स र अन्य विवरण डेटा विक्रीमा समेत राखिएको छ । यो सूमहले ताइवान र फिलिपिन्सका टेलिकमसम्बद्ध डेटा पनि सँगै बिक्रीमा राखेको छ ।‘केही सञ्चारकर्मी साथीहरुले डेटा ह्याकबारे जानकारी दिनुभएपछि हामीले सर्भर ह्याक गरेर अनुसनधान गरिरहेका छौं,’ प्रवक्ता जोशीले भन्नुभयो ।

टेलिकमको एउटा पुरानो सर्भर ह्याकरको निसानामा परेको हुनसक्ने अनुमान गरिएको छ । गत असार ९ गते बिहान करिब अढाई घण्टा टेलिकमको जीएसएम सेवा अवरुद्ध भएको थियो । त्यसमा पनि यसको कनेक्सन हुनसक्ने अनुमान टेलिमका अधिकारीहरुको छ । तर, यसबारे टेलिकमले बनाएको एक छानविन समितिले अध्ययन गरिरहेको छ ।